लगातारको भारी वर्षाले धनगढी जलमग्न
बुधबार, १५ असार २०७९, ०६ : २१
लगातारको वर्षाले धनगढीको विभिन्न स्थान जलमग्न भएका छन् । धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा सचिवालय अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।
पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको हो ।
धनगढीमा निर्माणाधीन अवस्थामा रहेको सडकमा पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । विगत चार वर्षयता मुख्य बजारको यो क्षेत्र सामान्य वर्षामा पनि जलमग्न हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण