बालिकाको शवसहित तीनजना पक्राउ
पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसान घाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्य रुपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसान घाटबाट शवसहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसान घाटमा पुग्दा शव बेवारिसे छोडेर तीनैजना फरार भएका थिए । प्रहरीले जल्दै गरेको शव बरामद जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण