बैंकिङ कसुर मुद्दाका फरार कसूरदार कारागार चलान
बैंकिङ कसुर मुद्दामा १२ लाख २६ हजार जरिवाना र ७ दिन कैद तोकिएका अभियुक्तलाई प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजाम छन् ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले असार १५ मा उनलाई छप्कैयाबाट पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएको जिप्रका पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद कार्कीले रातोपाटीलाई बताए । अदालतको आदेशले उनलाई जिल्ला कारागार पर्सामा थुनामा पठाइएको छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलासले ठकुरलाई कैद र सजाय हुने फैसला गरेको थियो । २०७६ असार ७ मा कपिलवस्तु घर भएका तिलकराम गुप्ताले संचालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट चितवनको भरतपुरमा दशरथ ठाकुर हजामले संचालन गरेको गढीमाई सप्लायर्सले ४५ लाखको उधारो कारोबार गरेर भागेका थिए । उनविरुद्ध तिलकराम गुप्ताले प्रहरीमा जाहेरी दिएका हुन् ।
जरिवाना तिर्न नसकेमा उनले १० वर्ष जेलमा बस्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण