राजकिशोर भन्छन् -‘म जसपा विभाजनको पक्षमा छैन’
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले पार्टी विभाजन हुनु मधेशका हकमा राम्रो नहुने भएकाले त्यसलाई रोक्ने पक्षमा आफू रहेको बताए । जसपा विभाजनको अन्तिमविन्दुमा रहेको बेला नेता यादवको यस्तो भनाइ आएको हो ।
नेता यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् । तर उनले आफू कसैको पक्ष वा विपक्षमा नरहेको दाबी गरे । उनले भने, ‘म जसपाका कार्यकर्ता हुँ, मिडियाले कुनै नेतालाई कसैको पक्ष वा विपक्षमा राखेर हेर्न मिल्दैन ।’
पार्टी विभाजनको कुरा आफूले पनि सञ्चारमाध्यमबाट सुन्दै र बुझ्दै आएको बताउँदै उनले आजै आफूले दुवै पक्षका नेताहरुसँग कुराकानी गरेर कुनै निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘मेरो पहिलो प्रयास पार्टी विभाजन रोक्नु नै हो, कुनै समस्या छ भने पार्टीमा बसेर त्यसलाई समाधान गर्न सकिन्छ तर सानोतिनो कुरालाई लिएर पार्टी विभाजन हुन नदिने पक्षमा म छु ।’
विगतमा पनि जसपाबाट लोसपा अलग हुन लाग्दा आफू त्यसको पक्षमा नरहेको उनले बताए । आफूले त्यतिबेला पनि विभाजनरोक्ने प्रयास गरेको उनको भनाइ छ । यसपटक पनि आफूले नेताहरुसँग छलफल गरेर कुनै निष्कर्षमा पुग्ने उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण