शुन्य समर्थन, म एक्लै लड्छु : सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओन्टारियोसँगको अभ्यास खेलपनि कसैको समर्थन नभएको ट्वीट गरेका छन् । आईसीसी विश्वक लिग टू अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालली टोलीले शुक्रबार राति त्यहाँको लोकल क्लबसँग अभ्यास खेल खेल्दैछ ।
विश्वकप लिग टू को तयारीमा रहेको समयमा सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शुन्य समर्थन भएको बताएका छन् । त्यसैले आफू यो लडाई एक्लै लड्ने बताएका छन् ।
‘शुन्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाई एक्लै लड्नु पर्छ’, सन्दीपले ट्वीटमा लेखिएको छ ।
अन्य समयमा व्यक्तिगत कारण भए पनि सिरिजको समयमा कप्तानको यस्तो ट्विट आउनुले टिम भित्र सन्दीपलाई सहयोग नभएको बुझ्न सकिन्छ ।
नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्दैछ । त्यसपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ । स्कटल्यान र नामिवियासँग नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण