मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार
मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी)ले टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो । एनआरटीलाई पराजित गरेसँगै पेनाङले प्रतियोगिताको उपाधि जितेको छ ।
पेनाङ सिटी रंगशालामा पेनाङलाई जित दिलाउन लुकास सिल्भाले चार गोल गरे । यस्तै, अर्को एक गोल सारावानको नाममा रह्यो । लुकासले ४३औँ मिनेटमा गरेको गोलबाट पेनाङले अग्रता लिएको थियो ।
यस्तै, दोस्रो हाफमा लुकासले ह्याट्रिक थपेपछि पेनाङले ५–० को सहज जित निश्चित गरेको थियो । लुकासले ६८औँ मिनेटमा दोस्रो, ८०औँ मिनेटमा ह्याट्रिक र खेलको इन्जुरी समयमा चौथो गोल गरे ।
यसअघि बिहीबार भएको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको लिग लु क्लबसँग पनि ५–१ ले पराजित भएको थियो ।
एनआरटी अब उतैबाट थाइल्यान्ड जाने तालिका छ । एनआरटीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एनआरटी ‘ए’ डिभिजन लिगको तयारी का लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण