मिस धरान २०२२ को अडिसन सुरु
धरानमा बसोबास गर्ने युवतीहरूको प्रतिभा प्रस्फुटनको लागि आयोजना गरिएको 'मिस धरान २०२२' को पहिलो अडिसन सम्पन्न भएको छ।
कम्तीमा एसइई उत्तीर्ण युवतीहरुबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरूको सहभागिता रहेको थियो। आवेदन निःशुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो। उनीहरुको बोल्ने शैली, आइक्यु लगायतका सामान्य सवाल जवाफबाट अडिसनबाट छानिनेछन्।
फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता 'मिस धरान २०२२' को पहिलो अडिसनका निर्णायकहरू मिस पूर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फर्स्ट रनर अप इक्सा मादेन , मिस तामाङ २०१९ प्रदेश १ कि विजेता तथा कोरियोग्राफर प्रोजिता तामाङ , मिस टुरिजम २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए।
बुधबार दोस्रो अडिसन गरेर 'मिस धरान २०२२' को ट्रेनिङ सुरु गरिने आयोजकले जनाएको छ। अडिसनबाट छानिएका प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ।साउन दोस्रो साता हुने फिनाले बाट मिस धरान २०२२ विजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसङ्गै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्प्लेक्स लगायतका विभिन्न सव-टाइटलको उपाधि घोषणा गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण