निर्वाचित भएपछि माधव नेपालको आयो यस्तो प्रतिक्रिया
काठमाडौं–काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित भएका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपालले अबको कार्यभार नयाँ सरकार गठन र पार्टी एकीकरण रहेको बताएका छन् ।
निर्वाचित भएपछि राष्ट्रिय सभा गृहमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता नेपालले समयसिमा भित्र सरकार गठन गर्ने, सरकारको नीति तथा कार्यक्रम तय गर्ने र नेता कार्यकर्ताको भावना अनुसार पार्टी एकताको विषयमा अगाडि बढाउनेतर्फ ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
उनले आफ्नो विजयलाई जनताले परिवर्तन चाहेको र यथास्थीतीबाट बाट परिर्वतन नहुने भएकोले आफूलाई निर्वाचित गराएको प्रतिक्रिया दिए ।
उनले भने–‘जनताले चम्किरहेको सुर्य जस्तै परिवर्तजका लागि नयाँ शक्ति खोजेका छन् । जनताले के चाहेका छन् अब त्यसमा हामीले ध्यान दिनुपर्छ । यूवाहरु, गरिव जनताले के चाहेका छन् त्यो पूरा गर्नुपर्छ । जनतामा राष्टियताको भावना अघि बढाउनु पर्छ । न्याय समनता र समृद्धीको बाटोमा अघि बड्नुपर्छ । बाम गठबन्धनले विजयी हुँदैमा लोकतन्त्र कटौती हुन्छ भन्नेमा कसैले आशंका नगरे हुन्छ ।’
उनले जनताले परिवर्तन खोजको, लोकतन्त्र र देशलाई बलियो बनाँउन बाम शक्ति आएको बताए । उनले बाम शक्ति विजयको उन्मादमा नमात्तिन र पराजितलाई आत्तिन समेत आग्रह गरे । उनले विपक्षीलाई साथमा लिन सक्नुपर्ने र बिपक्षीले हारको तोडमा ध्वंश र नकारात्मताको बाटोमा जान नहुने बताए ।
नेपाल १४ हजार मतान्तरले विजयी भएका हुन् । उनले २७ हजार ३ सय ६६ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्द्धी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९ सय २ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेका विवेकशील साझाका डा सुर्यराज आर्चायले ७ हजार ४ सय ३६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण