शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

२००७ सालमा आएको प्रजातन्त्र कर्णालीका जनताले २०११ मा मात्र थाहा पाए : मुख्यमन्त्री शाही

सोमबार, २० असार २०७९, १० : ०३
सोमबार, २० असार २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो समय संचारमाध्यमको विकास भएपनि यथार्थ र तथ्यमा आधारित पत्रकारितामा पत्रकाहरु चुकिरहेको बताएका छन् । 
सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि कार्यक्रममा उनले भने,‘अहिले संचारमाध्यमको विकास भएपनि यथार्थ र तथ्यमा आधारित पत्रकारीतामा पत्रकाहरु चुकिरहेको छन् ।’

 मुख्यमन्त्री शाहीले विगतमा जनतालाई सूचनाको अभाव हुने गरेको उदाहरण दिँदै २००७ सालका आएको प्रजातन्त्र साविकका कर्णालीका जनताले २०११ सालमा मात्र थाहा पाएको बताए । साथै मुख्यमन्त्री शाहीले अहिले गाउँ–गाउँमा डोजर आतंक चलिरहेको भन्दै त्यसतर्फ पत्रकारको ध्यान जान जरुरी रहेको बताए । उनले भने, ‘अहिले डोजर आतंक छ । हुँदाहुँदा गाउँपालिकाले डोजर किनिरहेका छन् । कुनै वातावरणीय मुल्यांकनबिनै सडक बनेका छन् । जसले गर्दा पानीको स्रोत सुकिसकेका छन् । पत्रकारले यस्ता कुराहरुमा पनि ध्यान दिनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप