गठबन्धनमा समस्या आउनु ठूलो कुरा होइन : प्रधानमन्त्री देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुन समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् ।
कार्यक्रमा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनभित्र झगडा सुरु हुन राम्रो नभएको बताएपछि सभापति देउवाले भने, ‘ एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि । यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ ।’
आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । पछिल्लो समय शेखर कोइराला समूहले देउवा पार्टीको सभापति नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको थियो ।
यसप्रति लक्षित गर्दै देउवाले भने, ‘आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । पछि प्रधानमन्त्री भएपछि थाहा पाउनुहुनेछ । साथीहरुले यसलाई बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’
यस्तै देउवाले २००७ सालको आन्दोलनमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘कोइराला कठिन राजनीतिक मोडमा आरोह अवरोह गर्न भएको थियो । नेपाली राजनीति र नेपाली काँग्रेसमा उहाँको योगदान अतुलनीय रहेको छ ।’
लोकतान्त्रिक गणतन्त्र स्थापनमा कोइरालाले अहम भूमिका निर्वाह गरेको देउवाले बताए । कोइरालाले हतियार बोकेर हिडेँका पार्टीलाई शान्ति प्रक्रियामा ल्याएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण