स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
अवैध रकमसहित पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिद रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी ध्रुव कार्कीले बताएका छन ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामपुर खापका प्रमुख इन्स्पेक्टर कृष्णनन्दन यादव नेतृत्वको टोलीले बिहीबार साँझ रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गर्दा शाहिदको साथबाट नेपाली रुपैयाँ बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।
पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण