त्रियुगा नदीको भाँचिएको पुलको अवलोकनपछि परराष्ट्र मन्त्रीले दिए यस्तो निर्देशन
परराष्ट्र मन्त्री डा नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् ।
निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घाटन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्याल्ब झारेको थियो ।
परराष्ट्र मन्त्री डा खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् । सो क्रममा उनले पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठलाई पुल पुनर्निर्माणमा भएको ढिलाईबारे बुझ्न आग्रह गर्दै तत्काल निर्माणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । साथै मन्त्री खड्काले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने बचन पनि दिएका थिए ।
करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमण जनतामा आशा पलाएको छ ।
मन्त्री खड्कासँगै अवलोकनमा आएका महाशाखाका उपनिर्देशक श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाइ भएको जानकारी दिए ।
विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक ईन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरि राखेकाले ढिलाई हुन पुगेको बताए ।
बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधिन मोटरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो । शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण