सुदूरपश्चिमको बजेट खर्च ६८ प्रतिशत आसपास हुने
सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्ने अनुमान गरिएको हो ।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महालेखाको कार्यालयले २५ असार रातिसम्म मात्रै बजेट खर्च गर्न पाउने अख्तियारी दिएका कारण खर्च अनुपात अट्ने अनुमान गरिएको जनाइएको छ ।
मूल्यवृद्धिका कारण काम गर्नसक्ने वातावरण नभएको भन्दै निर्माण व्यवसायीले काम गर्न छाडेर ‘होली डे’ मनाएका कारण खर्च घटेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव तुलसीप्रसाद भट्टराईले बताए । ‘बजेट खर्च घट्ने अन्य कारण पनि छन्,’ उपसचिव भट्टराईले भने, ‘तर प्रमुख कारण निर्माण व्यवसायीको ‘होली डे’ देखिएको छ, निर्माण कम्पनीले जेठ देखि काम नगर्दा बजेट खर्च हुन सकेको छैन ।’
उपसचिव भट्टराईका अनुसार बिहीबारसम्म प्रदेशमा कुल बजेटको ५३ दशमलव ४५ प्रतिशत (१६ अर्ब २१ करोड ६४ लाख ३८ हजार ६ सय ९७ रुपैयाँ) खर्च भएको छ । जसमध्ये चालूतर्फ ६४ दशमलव ९४ प्रतिशत (६ अर्ब ९२ करोड, ८४ लाख, ६८ हजार ८२ रुपैयाँ) र पुँजीगततर्फ ४६ दशमलव ४९ प्रतिशत (८ अर्ब २० करोड ७३ लाख ६८ हजार ७ सय ७४ रुपैयाँ) खर्च भएको उपसचिव भट्टराईले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षको २३ असारसम्म विकासे मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ भने भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण