शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शिन्जो आबे : एउटा यस्तो हत्या जसले जापानलाई सदाको लागि परिवर्तन गर्न सक्छ

शुक्रबार, २४ असार २०७९, १७ : ३५
शुक्रबार, २४ असार २०७९

रुपर्ट विङ्गफिल्ड–हायर/बीबीसी

शिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ?

म आफैँलाई पनि त्यस्तै महसुस भयो । यहाँ बसेर तपाईंले हिंसात्मक अपराधबारे खासै सोच्नुहुन्नँ ।

पीडितको पहिचानले मात्र पनि समाचारलाई थप स्तब्ध बनाउँछ ।

शिन्जो आबे अब जापानको प्रधानमन्त्री नहुन सक्छन्, तर उनी अझै पनि जापानका एक शीर्ष अधिकारीमध्ये एक हुन् र सम्भवतः पछिल्लो तीन दशकको सबैभन्दा चिनिने जापानी राजनीतिज्ञ हुन् ।

आबेलाई कसले मार्न चाहन्छन्  र किन ?

आजको यो घटनाले अर्को एउटा घटनासमेत स्मरण गराइदिएको छ  । सन् १९८६ मा स्विडेनका प्रधानमन्त्री अलोफ पाल्मेको पनि गोली हानी हत्या गरिएको थियो ।

यहाँका मानिसहरुले हिंसात्मक अपराधबारे सोच्दैनन् । मैले यो कुरा बढाईचढाई गरेर भनेको होइन ।

हो, त्यहाँ याकुजा, जापानको प्रसिद्ध हिंसात्मक संगठित अपराध गिरोहहरू छन् । तर धेरैजसो मानिसहरू तिनीहरूसँग सम्पर्कमा आउँदैनन् । याकुजा पनि बन्दुकबाट टाढै रहन्छन् किनभने यहाँ बन्दुकसम्बन्धि निकै कडा कानुन छ ।

जापानमा बन्दुक राख्न निकै गाह्रो छ । यसका लागि कुनै आपराधिक रेकर्ड नभएको हुनुपर्छ भने अनिवार्य प्रशिक्षण, मनोवैज्ञानिक मूल्याङ्कन र छिमेकीहरूसँग अन्तर्वार्ता लिने पुलिस सहित व्यापक पृष्ठभूमि जाँचहरू आवश्यक पर्छ ।

त्यसैले यहाँ बन्दुकमार्फत् हुने अपराध शून्य बराबर नै छ । जापानमा प्रत्येक वर्ष औसतमा १० भन्दा कम व्यक्तिको बन्दुकका कारण मृत्यु हुने गरेको छ । सन् २०१७ मा त तीन जना मात्रै थिए ।

 


बन्दुकधारी र उनले प्रयोग गरेको हतियारमा धेरै ध्यान केन्द्रित भएकोमा अचम्म मान्नु पर्दैन ।

उनी को हुन् ? उनले बन्दुक कहाँबाट ल्याए ? जापानी मिडियाले जानकारी दिए अनुसार उनी ४१ वर्षका देशको आत्म(रक्षा बलका पूर्व सदस्य हुन् । आत्म–रक्षा बल भनेको सेनाको बराबर हो ।

तर अनुसन्धानले के देखाउँछ भने उनले नौसेनामा मात्र तीन वर्ष बिताए । उनले प्रयोग गरेको बन्दुक झन् उत्सुकता जगाउने खालको छ ।  गोली हानेपछि भुइँमा देखिएको तस्बिरले उक्त हतियार घरमा नै बनाएको जस्तो देखिन्छ । दुईवटा स्टिल पाइपलाई कालो ग्याफर टेपले सँगै जोडेको, हातले बनाएको ट्रिगर ।  यो इन्टरनेटबाट डाउनलोड गरिएका योजनाहरूबाट बनाइएको जस्तो देखिन्छ ।

त्यसोभए, के यो जानाजानी गरिएको राजनीतिक आक्रमण हो वा कसैले फ्यान्टासीमा गरेको कार्य हो वा कसैलाई गोली हानेर चर्चित हुनका लागि गरिएको स्टन्ट ? अहिलेसम्म यसबारे केही जानकारी छैन ।

जापानमा यसअघि राजनीतिक व्यक्तित्वको हत्या नै नभएको भने होइन सबैभन्दा चर्चित सन् १९६० मा जापानको समाजवादी पार्टीका नेता इनेजिरो असानुमालाई समुराई तरवार चलाउने दक्षिणपन्थी कट्टरपन्थीले पेटमा छुरा प्रहार गरेका थिए । यद्यपि दक्षिणपन्थी चरमपन्थी अहिले पनि जापानमा छन् त्यसैले आबे एक दक्षिणपन्थी राष्ट्रवादी एक असम्भव लक्ष्य हुन् ।

हालैका वर्षहरूमा, हामीले यहाँ अर्को प्रकारको अपराध धेरै सामान्य हुँदै गएको देखेका छौँ । शान्त, एक्लो पुरुषले केही वा कोहीप्रति द्वेषको भावना राख्नु ।

सन् २०१९ मा, एक व्यक्तिले क्योटोको लोकप्रिय एनिमेसन स्टुडियोमा आगो लगाइदिए । सो घटनामा ३६ जनाको ज्यान गयो ।

उक्त व्यक्तिले प्रहरीसँगको बयानमा आफ्नो सिर्जना चोरेका कारण स्टुडियोसँग असाध्यै धेरै रिस उठेको बताएका थिए ।

अर्को घटना सन् २००८ को हो । एक असन्तुष्ट युवाले टोकियोको अकिहाबारा जिल्लामा किनमेल गर्नेहरूमाथि ट्रक जोते र बाहिर निस्केर मानिसहरुमाथि अन्धाधुन्ध छुरा प्रहार गर्न थाले । यस घटनामा सात जनाको मृत्यु भयो ।

आक्रमण गर्नुअघि उनले अनलाइनमा एउटा मेसेज छोडे । जसमा लेखिएको थियो – म अकिहाबारामा मानिसहरूलाई मार्नेछु । मेरो एकजना पनि साथी छैनन् । मलाई कसैले पनि वास्ता गर्दैनन् । म कुरुप छु । मेरो कौडीको भाउ छैन ।

आबेमाथिको गोली प्रहार पहिलो श्रेणी वा दोस्रो, कुनमा मेल खान्छ भन्ने  अझै स्पष्ट छैन । तर यो हत्याले जापानलाई परिवर्तन गर्ने निश्चित देखिन्छ ।

जापान निकै सुरक्षित छ भनिन्छ त्यसैले यहाँको सुरक्षा पनि सहज छ ।  चुनावी प्रचारका क्रममा राजनीतिज्ञहरू सडकको कुनामा उभिएर भाषण दिन्छन् । उनीहरु पसले र यात्रुहरूसँग हात मिलाउँछन् ।

आबेमाथि आक्रमण गर्ने व्यक्ति यति नजिक कसरी पुगे र उनले आफैँले बनाएको हतियार चलाउन कसरी सफल भए भन्ने कुरा स्पष्ट छ ।

भोलिका दिनमा यो कुरा पक्कै पनि परिवर्तन हुनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप