एक सातामै २६ सयले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा उक्त मूल्यले सुनको भाउ घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर सोमबार स्थिर कायम भएको थियो । यस्तै, मंगलबार १०० रुपैयाँले बढेको सुनको भाउ त्यसपछि भने निरन्तर घट्न थालेको थियो । बुधबार एकै दिन १ हजार ६०० रुपैयाँ र विहीबार १ हजार ४०० रुपैयाँले घटेको थियो । जुन, शुक्रबार स्थिर कायम थियो ।
यसैगरी, यो साता चाँदीको मूल्यमा समेत ठूलो गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा आइपुगेको छ । यो एक सातामै चाँदीको मूल्यमा आएको २५ रुपैयाँको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण