शमशेरा बन्न २० पटक नुहाएका थिए रणवीरले
करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दैछन् ।
यसबाहेक उनका चार फिल्म फ्लोरमा छन् । हालैमात्र उनले फिल्म ‘शमशेरा’को बारेमा खुलेर कुरा गरेका छन् । ‘जब मलाई यो फिल्मको प्रस्ताव आयो, मैले विश्वास गर्न सकिनँ । किनकी स्क्रिनमा म रोमान्टिक हिरोको रुपमा दर्शकमाझ चिनिएको छु । यसको कथा मनपर्‍यो, यसमा दुई भूमिका थिए । मलाई बलीको भूमिकाको अफर गरिएको थियो । शेरा कोही अर्को अभिनेताले अभिनय गर्ने कुरा थियो । मभित्र स्वार्थी कलाकार थियो, जसकारण मैले शेराको भूमिका पनि म नै गर्छु भनें । एक बाबु र छोराको चरित्रलाई म राम्रोसँग प्रस्तुत गर्न सक्छु’, रणवीरले भनेका छन् ।
रणवीरले ‘शमशेरा’का लागि निकै लुक टेस्ट दिनुपरेको थियो । यो चरित्र शारीरिक रुपमा पनि चुनौतीपूर्ण रहेकाले उनले निकै मेहनत गरेका थिए । रणवीर आफ्नो १५ वर्षे करियरमा पहिलोपटक कुनै पीरियड एक्सन फिल्मको हिस्सा बन्दैछन् र पहिलोपटक नै दोहोरो भूमिकामा देखिँदैछन् ।
यो फिल्मको सुटिङको किस्सा आफैंमा रोचक छ । जुन किस्सा स्वयं रणवीरले सुनाएका छन् । ‘म जहिल्यै १० देखि १५ किलोको धुलो सेटमा राख्थें र सुटिङ सुरु हुनासाथ पंखाको अगाडि धुलो उडाउँथे । त्यो धुलो मेरो आँखा र कानमा जान्थ्यो । म संवाद बोल्न सक्दिन थिएँ । यसबाट छुटकारा पाउन म घर गएर २० पटकसम्म नुहाउँथे । तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्वीमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ’, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
-
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण