नेपथ्यले ल्यायो आइफोनबाट खिचेको भिडियो ‘घरको कुरा’
काठमाडौं– नेपथ्यको २५ वर्षे उत्सवको कोसेली श्रृृंखला स्वरुप आइफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको हो । जुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’ समावेश गरेको थियो ।
२००४मा नेपाल लडाईंको चपेटामा रहेकाबेला अमेरिका यात्राको बेला लेखिएको यो गीतको भिडियो नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आईफोनबणट खिचिएको दृश्यहरु राखेको छ ।
‘अमेरिका यात्रामा आइफोनबाट लिइएको भिडियो गीतका लागि उपयुक्त लागेर भिडियो बनाइएको हो’ गायक अमृतले भने ।
भिडियोमा अमृत बिभिन्न ठाऊँ भौतारी हिँडेको देख्न सकिन्छ । भिडियोको नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन् ।
नेपथ्यको छैठौं एल्बम प्रकाशित हुँदा नेपालमा माओवादी युद्ध जारी थियो । यस एल्बमलाई समालोचकहरुले युद्धको अभिलेख र शान्तिको लागि सांगीतिक प्रयासको रुपमा चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण