मंगलबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले जनाएको छ । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।
जुन, हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । यसअघि, आइतबार तोलामा छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र ९४ हजार ३०० रुपैयाँ छ ।
यसैगरी, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ छ । जुन, हिजो ११ सय ८५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण