अझै सकिएन लुम्बिनीको प्रदेशसभा भवन निर्माण
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षममा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।
प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना (२०७८ साउन भित्र) भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाएपनि अहिले भवन निर्माणको काम पुरा हुन सकेको छैन ।
लुम्बिनी प्रदेशको बर्खे अधिवेसनपछि हिउँदे अधिवेसन दाङमै नयाँ भवनमा बस्ने प्रदेश सरकारको तयारी छ । तर प्रदेश सभाको आउने अधिवेसनका लागि स्थायी राजधानी दाङमा आवश्यक पूर्वाधारहरु तयार भएका छैनन् । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको भवन छिटो निर्माण सम्पन्न गर्न पटक–पटक निर्देशन दिएका छन् ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेलले प्रदेश सभा भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताए ।
भदौ महिनासम्म प्रदेश सभाको भवन सम्पूणर् रुपमा तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने उनले बताए । प्रदेश सभा सचिवालयको भवन निर्माण कार्यका लागि टेण्डर प्रक्रियामा गएको प्राधिकरणले जनाएको छ । अहिले निर्माण भइरहेको प्रदेश सभाको भवन अस्थायी हो । स्थायी भवनको निर्माण केही समयपछि सुरु हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण