शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

बुधबार, २९ असार २०७९, १२ : ०८
बुधबार, २९ असार २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटको  भएको हो । लिउ जियानचाओ आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ । 

चार दिने भ्रमणका लागि टोली आइतबार नेपाल आएको थियो ।  भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ​केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप