विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास तथा पक्राउको लागी परिचालित टोलीले तामाङलाई बिहीबार काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख पार्टीमा नेतृत्व परिवर्तन कत्तिको सम्भव ? के भन्छन् नेताहरू ?
-
डोटीमा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा आदर्श बन्यो च्याम्पियन
-
अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्छ : मन्त्री दाहाल
-
पूर्वाधार क्षेत्रको नीति तथा कार्यक्रमले आशा जगाए पनि र बजेटमा निराशाजनक छ–अध्यक्ष सिंह
-
वाईसीएलमा नेतृत्व छान्न शक्ति र दीपशिखा सक्रिय, सहमतिको प्रयास जारी
-
आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी