पाकिस्तानका कप्तान बाबर विराटको समर्थनमा
पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान कप्तान बाबर आजमले विराट कोहलीको फर्मको विषयमा समर्थन जनाएका छन् । पछिल्लो समय खराव फममा रहेका विराटको आलोचना भइरहेको छ ।
ग्रोइनको चोटका कारण इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा मात्र १६ रन बनाएका थिए । विराटले इङ्ल्याण्डविरुद्ध टी–ट्वान्टी पनि कमजोर प्रदर्शन गरेका थिए । टेस्टमा पनि नचलेका विराटलाई पाकिस्तानका कप्तान बाबरले चाडै फममा फर्कन सुझाव दिएका छन् ।
भारतीय समर्थक र क्रिकेट लिजेन्डहरुले कोहलीको आलोचना गरिरहेको समयमा बाबर भने समर्थनमा आएका हुन् । उनले यो समय पास हुनेछ, बलियो रहनुहोस् भनेर विराटसँगको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । विराट वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजको लागि टिममा छैनन् ।
त्यस्तै विराटको फमको विषयमा भारतीय कप्तान रोहित शर्माले पनि समर्थन जनाएका छन् । उनले लामो समय उत्कृष्ट फममा रहेका खेलाडी केही समय कमजोर बन्दा टिममा नै नराख्ने कुरा नहुने बताए ।
‘लामो समय उत्कृष्ट फममा रहेका खेलाडीले केही खेलमा कमजोर प्रदर्शन गर्दा टिममा नै नराख्ने भन्ने हुन्न । उनी चाँडै फममा आउनेछन्,’ रोहितले खेलपछि भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण