‘भक्तपुर साइक्लिङ यात्रा’मा तीन सय बढीको सहभागिता
भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्व माझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडल मैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु भएको हो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौँ, ललितपुर तथा काभ्रेपलाञ्चोकको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबार स्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रुटमा यात्रा सुरु गरेको जानकारी दिए ।
कार्यक्रम संयोजक सुनिल ख्याजुले तीनवटा रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका शहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए । यात्रामा सहभागी होटल हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले साइकलबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण