इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय श्रृखंला भारतलाई
सोमबार, ०२ साउन २०७९, ०६ : ०५
भारतले घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखंला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो ।
इङ्ग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इङ्ग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।
यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २५९ रन बनायो । इङ्ग्ल्यान्डका जोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डेयले ४ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण