फिल्म ‘दि सिक्रेट्स अफ राधा’ को तीज गीतमा प्रियंका र सृष्टिको छमछमी
शुर्वण थापा निर्देशित फिल्म ‘दि सिक्रेट्स अफ राधा’को पहिलो गीत ‘पाउमा पाउजु’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा कार्यक्रमका बीच सार्वजनिक गीतमा तीजलाई लक्षित गर्दै निर्माण युनिटले बनाएको हो ।
सज्जा चौलागाईं र स्वस्तिमा ढकालको स्वर तथा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा सृजना खत्रीको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र विपिन मल्लको सम्पादन रहेको गीतको भिडियोमा अभिनेत्री द्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य गरेका छन् ।
सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण