एकै दिन प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
बिहीबार, ०५ साउन २०७९, ११ : ३१
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य निर्धारण गर्दै सुनको भाउ एकै दिन तोलामा १ हजार रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
हिजो सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । मंगलबार तोलामा ९३ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य हिजो बढेर ९४ हजार पुगेको थियो । सुनको मूल्य घट्दा आज चाँदीको मूल्य पनि घटेको छ ।
आज प्रतितोला १० रुपैयाँले घटेर चाँदीको मूल्य ११ सय ५५ रुपैयाँ कायम भएको छ । हिजो यसको मूल्य तोलामा ११ सय ६५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण