भेरी नदीमा डुबेर सुर्खेतका एक जनाको मृत्यु
भेरी नदीमा डुबेर सुर्खेतको बराहताल गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहताल गाउँपालिका–२ पाक्माका वर्ष ४५ का भीम बहादुर मन्दीर रहेका छन् ।
प्रहरीका अनुसार उनी बुधबार बिहान ९ बजेको समयमा सिस्नेरी जान्छु भनेर घरबाट निस्किएका थिए । घरबाट निस्कँदा उनले डुङ्गा (नाउ) लिएर गएका थिए । तर लामो समयसम्म घर नफर्केपछि परिवारले भेरी नदीमा खोजतलास गर्दै जाँदा हिजो साँझ मात्रै उनको लास भेटाएको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी हिराबहादुर पाण्डेले बताए ।
उनका अनुसार उनको लास भेरी नदी अन्तर्गत सिस्नेरीबाट झण्डै ५ किलोमिटर पश्चिमतर्फ बराहताल गाउँपालिका–४ को चोक्टे भन्ने ठाउँमा फेला परेको हो । उनले भने,‘शव भेरी नदीको बीच भागमा पर्ने टामुमा तैरिएको अबस्थामा फेला परेको हो । त्यसपछि मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।’
त्यसपछि घटना भएको स्थानमा प्रहरीको टोली परिचालन गरिएको थियो । उनका अनुसार ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण