गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको घटनालाई केवल 'शोकको औपचारिकता' मा मात्र सीमित नगर्न संसद्को ध्यानाकर्षण गराएका छन् ।
- सांसद कार्कीले गणेश नेपालीको घटनालाई थप दुखान्त र भावनात्मक बनाउने होडबाजी चलिरहेको बताउँदै १० हजार जरिवानाका कारण आत्मदाह गरेको भन्ने कुरा भ्रम हो कि सत्य, त्यसको खोजी हुनुपर्छ ।
- नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने र झन्डै ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्याङ्क प्रस्तुत गर्दै कार्कीले यसमा कानुन र राज्यको भूमिका खोज्नुपर्ने बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको घटनालाई केवल ‘शोकको औपचारिकता’ मा मात्र सीमित नगर्न संसद्को ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले सदनमा धेरै सदस्यहरूले नाम समेत स्पष्ट नभई श्रद्धाञ्जली दिइरहेको भन्दै यसलाई ओठे भक्ति मात्र नबनाउन आग्रह गरे ।
सांसद कार्कीले गणेश नेपालीको घटनालाई थप दुखान्त र भावनात्मक बनाउने होडबाजी चलिरहेको बताउँदै भने, ‘१० हजार जरिवानाका कारण आत्मदाह गरेको भन्ने कुरा भ्रम हो कि सत्य, त्यसको खोजी हुनुपर्छ । हामीले भावनात्मक तर्क गरेर मात्र हुँदैन, मान्छेको जीवनभन्दा ठुलो तर्क अर्को केही हुन सक्दैन ।’
नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने र झन्डै ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्याङ्क प्रस्तुत गर्दै कार्कीले यसमा कानुन र राज्यको भूमिका खोज्नुपर्ने बताए । ‘दैनिक १८ जनाले ज्यान फाल्छन्, यसको कारण सामाजिक, मनोवैज्ञानिक वा आर्थिक के हो ? राज्यले यसबारे कहिले गम्भीर छलफल गर्ने ?’ कार्कीले प्रश्न गरे ।
सांसद कार्कीले कानुन बनाउने थलो संसद् नै भएको स्मरण गराउँदै गणेश नेपाली जस्ता युवाहरूलाई मृत्युको मुखमा पुग्नबाट रोक्न कस्तो कानुन बनाइयो भनी प्रश्न गरे ।
कार्कीले राज्यको एक अङ्गको रूपमा आफ्ना कमजोरीहरू पनि स्वीकार गरे । ‘म मनैदेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेरा भागमा पर्ने गल्तीहरू स्वीकार गर्दछु,’ उनले भने । कार्कीले व्यक्तिगत आरोप–प्रत्यारोप भन्दा पनि प्रणाली सुधार गरेर नागरिकको जीवन रक्षा गर्न सरकार र सदन दुवैलाई गम्भीर बन्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण