आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, ०६ साउन २०७९, ०६ : ०८
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको पहाडी भू(भागका केही स्थानहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण