लमजुङबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, ०६ साउन २०७९, ०८ : २३
पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
शंकास्पद गतिविधिमा हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरी बिहीबार साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।
बिहीबार जिल्ला अदालत लमजुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण