पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध
शुक्रबार, ०६ साउन २०७९, १२ : २७
अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध भएको छ । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङ स्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण