चोरीको ६ वटा मोटरसाइकल बेच्न खोज्दाखोज्दै जब पुग्यो प्रहरी...
जिल्ला प्रहरी कार्यालय दाङले चोरी गरी बेच्नका लागि ठिक पारिएका ६ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी घरभई घोराही उपमहानगरपालिका वडा नं. १४ बसोबास गर्दै आइरहेका ३० वर्षिय भानु बुढा, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोट घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. ११ बस्दै आइरका मदन पुन र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासका १८ वर्षिय बादल नेपाली रहेका छन् ।
उनीहरु लु ३७ प ८३४३ नम्वरको १२५, रा ६प ४१५४ नम्वरको १५० , रा २ प ९३४४ नम्वरको २२०, रा ६व ४३०९ नम्वरको २०० रा ६प ३३८८ नम्वरको १५० सिसिको पल्सर र लु ६० प ३४९१ यामाह मोटरसाइकल बेच्ने तरखरमा थिए । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजानिक गरेको हो । पक्राउ परेका तीन जनाले विगत पाँचवर्षदेखि दाङमा मोटरसाइकल चोरी गर्दै आइरहेका खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले उनीहरुले पाँचवर्षदेखि निरन्तर मोटरसाइकल चोरी गर्दै आएको खुलेको बताए ।
बजारमा चोरी गरेलगत्तै ती मोटरसाइकल उनीहरुले पहाडी गाउँमा वा बनमा लगेर लुकाउने गरेको पाइएको छ । पछिल्लो समय बरामद भएको मोटरसाइकल मकैवारी, वन र झाडीमा लुकाएर ग्राहक खोज्ने र बेच्ने काम गर्दै आएको पाएको उनले बताए । यसरी मोटरसाइकल बेच्ने कार्य गर्न खोज्दाखोज्दै प्रहरी विशेष सूचनाका आधारमा अभियुक्तसम्म पुग्न सफल भएको हो ।
कहाँ बेच्छन् चोरीका मोटरसाइकल ?
अभियुक्तहरुले दाङमा बेच्न परे मोटरसाइकल ग्यारेजमा अर्थात वर्कशपहरुमा केही बिक्रिवितरण गरेको पाइएको छ । तर अधिकांश दाङमा चोरी भएका मोटरसाईकल जिल्ला बाहिर पुग्ने गरेका छन् । बुटवल, नेपालगन्जदेखि रोल्पा, रुकुम लगायतका छिमेकी जिल्लाहरुमा पुग्ने गरेको छ । उनीहरुले १० हजार भन्दा बढी रकमका सो मोटरसाइकल बेच्दै आइरहेको खुलेको छ । एसपी काफ्लेले भने,‘ यता चोरी गरी उता लैजाने, उता चोरी गरी यता ल्याउने काम गिरोह गर्दै आइरहेको खुलेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण