सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने
सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई 'हर्ष न बिस्मात' भनेका छन्।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जोखिम भार र सेयर कर्जा सीमा सान्दर्भिक नभएको तर्क उनीहरूको छ। तर, साना र मध्यम लगानीकर्ताले भने यो नीति उचित भएको बताएका छन्। मुलुकको अर्थतन्त्र धराशायी भएका बेला मौद्रिक नीतिले सेयर बजारसम्बन्धी लिएको नीति उचित भएको उनीहरूको भनाइ छ। गभर्नर महाप्रसाद अधिकारीले ब्रोकरमार्फत सेयर बजार व्यवस्थित र नियमित हुँदै गएपछि मार्जिन कर्जाको सीमा हटाइने बताए। सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जामा सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा एक सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारी बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण