कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो करिब १ः३५ बजे ६ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) शैलेन्द्र थापाले बताए।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
बिहीबार बिहान साढे ११ बजे दुर्घटना भएको खबर पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।
दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन
-
गण्डकी सरकारले आगामी वर्ष २५ करोड लगानी गर्दै
-
८८१ थान भेप र ६ लाख नगदसहित पाँचजना पक्राउ
-
यी स्थानमा राति भारी वर्षाको सम्भावना
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ ‘हेर्दाहेर्दै’ मा
-
‘रास्वपा संघीयता खारेजीको पक्षमा छैन, प्रत्यक्ष निर्वाचित कार्यकारीमा एकमत छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण