जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
बिहीबार, १८ असार २०८३, १९ : २१
काठमाडौँ। काठमाडौँको जम्बुडाँडा क्षेत्रमा श्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार दिउँसो २:४५ बजे काठमाडौँको जम्बुडाँडाको पहेँलो पुल क्षेत्रमा शङ्कास्पद रूपमा झोला बोकेर हिँडिरहेका बाराको पचरौता नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवारलाई चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उनको साथबाट श्रोत खुलाउन नसकिएको नेपाली नगद रु. ३९ लाख ४१ हजार ६२० बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण