बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पामा दुर्घटना

आइतबार, ०८ साउन २०७९, १७ : ४०
आइतबार, ०८ साउन २०७९

गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । गुल्मीबाट हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना  भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले दिएको जानकारी अनुसार बस सडकदेखि करिब सय मिटर तल खसेको छ । दुर्घटनामा ५ जनाको प्रहरीले उद्धार गरेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप