रुपन्देहीमा चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालन
रुपन्देहीको सियारी गाउँपालिका–२, च्याङ्गठामा चिकित्सकीय सुविधासहितको पशु हाटबजार सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार पशु हाटबजार उद्घाटन गर्दै किसान र उपभोक्ताबीचको मूल्यको खाडल पुर्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
पछिल्लो समय प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले किसानहरूको समस्या समाधान गर्न संघीय र स्थानीय तहसँगै समन्वय गरेर अगाडि बढ्ने बताए । विश्व बैंकको पाँच करोड ऋण अनुदानमा बनाइएको हाटबजार दुई बिगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिदबिक्री गर्न सकिने जनाइएको छ ।
किसानले हाटबजारमा ल्याएका पशु चौपायाको निःशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिए । अत्याधुनिक पशु हाटबजारमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरू खुसी भएका छन् । हाटबजार सञ्चालनका लागि समितिसमेत गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तर्गत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।
उनका अनुसार हाट बजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरूको खरिद बिक्री, दाना–पानीको व्यवस्थासमेत छ । गाईभैँसी बिक्री नभए केही दिनलाई ‘होर्डिङ सेन्टर’मा राख्ने व्यवस्थासमेत गरिएको छ । यस अतिरिक्त किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल पनि निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण