गठबन्धनभित्रको समस्या समाधान गर्न नेताहरु छलफलमा
कर्णालीमा सत्तारुढ गठबन्धनबीच उत्पन्न समस्यालाई लिएर गठबन्धन दलका नेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही र एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही छलफलमा जुटेका हुन् ।
तीन जनाबीचको छलफल दिउँसो तीन बजेटबाट सुरु भए पनि अहिलेसम्म टुङ्गिसकेको छैन । एकीकृत समाजवादी संसदीय दलका नेता शाहीले अहिले पनि बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । सभामुख राजबहादुर शाहीले सोमबारका लागि संसद बैठक आह्वान गरेका छन् । नेताहरुले सकेसम्म गठबन्धनभित्र देखिएको समस्याको समाधान भोलिसम्म गरिसक्ने गरी वार्तालापमा जुटेको स्रोतको भनाइ छ ।
यसअघि बुधबार माओवादी केन्द्रले संसदीय दलको बैठकबाट आफूले उठाएका माग सम्बोधन नभएसम्म सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने प्रस्ट पारिसकेको छ । माओवादीले सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना वर्तमान सरकारले कार्यान्वयन नगरी बजेट फ्रिज गराएको, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व विहीन बनेको, शान्ति पुनःस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वपूर्ण विधेयक पारित गर्न नखोजेको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीको विरोध गरिरहेको छ ।
यसअघि मंगलबार संसद बहिष्कारको विषयबारे सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नजनाएका मुख्यमन्त्री शाहीले शुक्रबार नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा भने आफूलाई कुनै चुनौती नभएको जिकिर गरेका छन् । माओवादीका एक नेताका अनुसार पार्टीभित्र मुख्यमन्त्री शाहीको कार्यशैलीप्रति निर्मम समीक्षा भइरहेको छ । माओवादी केन्द्रकी सचेतक कृष्णा शाहले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म समस्या समाधान हुन नसक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन आयोगको वैधानिकताबारे प्रश्न उठाउँदै दायर रिटमा सुनुवाइ हुँदै
-
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण