दीपक र दीपाको ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु
सोमबार, ०९ साउन २०७९, ११ : १०
दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्ने नयाँ फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरेको हो ।
फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ । फिल्ममा बेनिशा र मलिना दीपकराजको जोडीको रुपमा रहने बताइएको छ । हेमराज विसीको निर्देशन रहने छक्का पन्जा ४ कात्तिक दोस्रो साता प्रदर्शन योजना छ ।
‘६ एकान ६’ बाट दीपक–दीपा समूहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यो फिल्ममा छैनन् । ‘मुन्द्रेको कमेडी क्लब’ बाट महानायक विवादका कारण दीपाश्रीलाई हटाएपछि उनी यो टिमबाट बाहिरिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण