पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।
‘केही विषय प्राविधिक भएकोले फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’
नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए । सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो ।
‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विश्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने ।
आज बेलुकी चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण