भैरवबहादुरलाई ‘दीर्घ साधना सम्मान २०७९’ दिइने
नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘दीर्घ साधना सम्मान २०७९’ बाट सम्मानित गरिने भएको छ । नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानले आफ्नो स्थापनाको १५ औं बर्ष पुगेको अवसर पारेर बुधबार आयोजना गर्न लागेको ‘स्रष्टा सम्मान तथा सँस्कृति कार्यक्रम २०७९’ मा थापालाई नगद सहित उक्त सम्मान प्रदान गर्न लागेको हो ।
उक्त अवसरमा क्यान्सर पिडित कलाकार, लोक सांस्कृतिककर्मी, पञ्चेबाजाका अगुवा बाध्य मादक, लोक संस्कृतका पुराना कलाकार, पत्रकारलाई समेत सम्मानित हुने आयोजक नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
चीन, म्यानमार लगायत केही देशमा साँस्कृतिक समूहसँग साँस्कृतिक आदान प्रदानका लागि मैत्री सम्बन्ध समेत हुने कार्यक्रममा झाँकी, पञ्चेबाजा, लाखे, धिमेबाजा, लिम्बुनाचको अलवा मौलिक नृत्यमा पूर्वको चण्डी नाच, मध्य पश्चिमको कौडा नाच, धौलागिरिको थाली नाच, हिमाली क्षेत्रको तामाङ सेलो, पश्चिमको देउडाको अलवा थारु नाचको समेत प्रदर्शन हुनेछ ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले लोप हुन लागेको मौलिक कला संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्न नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठान स्थापना भएको अध्यक्ष जोगेन्द्र केसीले बताए । उनले संस्थाको बार्षिक कार्यक्रम तालिका अनुसार ‘श्रष्ठा सम्मान तथा सांस्कृति कार्यक्रम २०७९’ आयोजना हुन लागेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण