नग्न फोटोसुट : रणवीर सिंहविरुद्ध उजुरी दर्ता
मंगलबार मुम्बईको चेम्बुर पुलिस स्टेशनमा अभिनेता रणवीर सिंहविरुद्ध एफआईआर दर्ता गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्जालमा नग्न तस्बिरहरू पोस्ट गरेकोमा मुद्दा दर्ता गरिएको अधिकारीहरूले बताएका छन् ।
पुलिसले आईपीसीको धारा २९२, २९३ (अश्लील सामग्रीसँग सम्बन्धित धाराहरू) र धारा ५०९ (महिलाको मर्यादालाई अपमान गर्न प्रयोग गरिने शब्द वा इशाराहरू) अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
एक एनजीओले सोमबार चेम्बुर प्रहरी चौकीमा उजुरी दिएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरले महिलाको भावनामा चोट पुर्याएको र इज्जतमा ठेस पुगेको उल्लेख छ ।
जुलाई २२ मा रणवीरका केही नग्न तस्बिरहरू सामाजिक सञ्जालमा आएका थिए । यी तस्बिरहरू द पेपर म्यागजिनको लागि गरिएको फोटोसुटको अंश हुन् ।
सामाजिक सञ्जालमा धेरैले यसको प्रशंसा गरिरहेका छन् भने धेरैले यसलाई अश्लील पनि भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण