शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भन्दै वेपत्ता

बुधबार, ११ साउन २०७९, १८ : ०३
बुधबार, ११ साउन २०७९

मुगुका एक पुरुषले श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भनेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा मुगमकार्मारोङ गाउँपालिका –८ माङ्ग्रीका २७  वर्षीया सोनाम तामाङ रहेका छन् । सक्ली भन्ने स्थानमा आफ्नै गोठमा बस्ने गरेका उनले मंगलबार बेलुकातिर घरमा श्रीमतीलाई फोन गरी म कर्णाली नदीमा हाम फाल्छु भनेका थिए । 

त्यसपछि मोबाइल अफ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार सोनामले रु.४५ हजार आफु बस्ने ठाउँमा छोडेर बेपत्ता बनेका छन् । यद्यपि परिवारले बुधबार बिहान १० बजेमात्रै खोजविनका लागि प्रहरीलाई खबर गरेको उनले बताए । पाण्डेका अनुसार प्रहरी चौकी छाइललाले उनको खोजी कार्य जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप