मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने
आगामी मङ्सिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । आज कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।
कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ सन्देश दिने उद्देश्यले मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ । सम्मेलनको लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी निर्माण समिति गठन गरिएको छ । कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखी २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताएका छन् । उनले विमानस्थलबाट लुम्बिनीमा बढीभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको रहेको बताउँदै लुम्बिनीमा विश्वका धेरै मानिस ल्याउने रणनीति अन्तर्गत मन्त्रालयले काम गरेको बताए ।
त्यस्तै परिषद्ले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागी आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिस्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन । यसैबीच लुम्बिनी विकास कोषले गौतमबद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण