बलात्कार आरोपितको पशुपतिमा महायज्ञ
पशुपति मन्दिरमा चलिरहेको 'अतिरुद्र महायज्ञ' मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले 'बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ' भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्यो।
उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। 'सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान' नामक संस्थाले महायज्ञ आयोजना गरेको हो । जसका मुख्य पात्र 'सिद्धबाबा' का नामले परिचित कृष्ण गिरी हुन् । उनीमाथि बलात्कारको आरोप छ। सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाविरुद्ध एक महिलाले जबरजस्ती करणी (बलात्कार) को आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २०७६ कात्तिक ३ गते राति उनीमाथि सिद्धबाबाले बलात्कार गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण