घाँस काट्न गएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ
बिहीबार, १२ साउन २०७९, १० : ३६
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई छन् ।
साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए ।
बलात्कार प्रयास भएपछि युवती बलपूर्वक उनको पञ्जाबाट फुत्केर भागेकी थिइन् । आरोपितविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर मरासिनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण