स्याङ्जा १ (ख) मा बाम गठबन्धनका गुरुङ विजयी
मङ्गलबार, २६ मङ्सिर २०७४, १५ : ३९
वालिङ– प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् ।
गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५ सय १० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो ।
यसअघि स्याङ्जा १ प्रदेशसभा (क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भएका छन् । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण