बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ
शुक्रबार, १३ साउन २०७९, १२ : २८
बैतडीमा आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मोही बनाउने पारो प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण