मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई

शनिबार, १४ साउन २०७९, ११ : ३८
शनिबार, १४ साउन २०७९

१२ वर्षमा बाघको संख्या दोब्बर पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् । 

विश्व वन्यजन्तु र लोपोन्मुख प्रजातिहरूको संरक्षणमा मद्दत गर्दै आएका डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता हासिल गरेकोमा नेपाललाई बधाई दिएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन् -'२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ । २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि ३५५ पुग्नु अविश्वसनीय उपलब्धि हो । यो नेपालको सफलता बाघ संरक्षणमा कोशेढुंगा सावित हुने निश्चित छ ।'

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्‍याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको हो । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म नेपालमा बाघको गणना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप