बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
१२ वर्षमा बाघको संख्या दोब्बर पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् ।
विश्व वन्यजन्तु र लोपोन्मुख प्रजातिहरूको संरक्षणमा मद्दत गर्दै आएका डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता हासिल गरेकोमा नेपाललाई बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -'२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ । २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि ३५५ पुग्नु अविश्वसनीय उपलब्धि हो । यो नेपालको सफलता बाघ संरक्षणमा कोशेढुंगा सावित हुने निश्चित छ ।'
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको हो । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म नेपालमा बाघको गणना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण