बिग बोसका लागि सलमानले मागे १ हजार करोड
सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए ।
'बिग बोस १५' होस्ट गर्नको लागि सलमानले ३५० करोड भारु लिएका थिए । नयाँ सिजनका लागि सलमानले निर्मातासँग १०५० करोड रुपैयाँ मागेको भारतीय मिडियाको भनाइ छ । तर निर्माताहरुले त्यत्रो रकम दिन नसक्ने जवाफ सलमानलाई दिएका थिए । अहिले आएर ओभरसीज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले बिग बोस १६ को लागि ८०० करोड भारु पारिश्रमिक लिने सम्झौता भएको दाबी गरेका छन् ।
कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको बारेमा पनि केही नामहरु बाहिर आएका छन् । जसका अनुसार यो सूचीमा दिव्यांका त्रिपाठीको नाम पनि परेको छ । धेरै रियालिटी शोमा देखिइसकेकी छिन् दिव्यांकाले ‘बिग बोस १६’ मा पनि पाइला राख्न सक्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार दिव्यांकालाई शोको लागि अप्रोच गरिएको छ । यससँगै दिव्यांका र निर्माताबीच शोलाई लिएर कुराकानी पनि भइरहेको छ । यसबाहेक जन्नत जुबैर, ‘ये रिश्ता क्या कहलाता है’ मा नायराको भूमिकी निभाएका शिवांगी जोशी र माही विजको नाम पनि चर्चामा छ । यद्यपि यसबारे आधिकारिक जानकारी भने आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण